बागमती प्रदेश मकवानपुर जिल्लाको पूर्वमा दक्षिणकाली नगरपालिका पश्चिममा थाहा नगरपालिका दक्षिणमा भीमफेदी गाउपालिका उत्तरमा चन्द्रागिरी नगरपालिकाको सिमानासंग जोडिएको इन्द्रसरोवर गाउपालिकाको उत्तरी भेगको वडा न.५ को चखेल ठुलोचौरमा अवस्थित श्री कालीदेवी मा.बि तत्कालिन चित्लांग गा.बि.स. रहेको अवस्थामा बि.स. २०१७ सालमा कालीदेवी प्राथमिक बिद्यालय सिंह दरबारबाट अनुमति लिई कक्षा १ देखि ३ सम्म संचालनमा आएको देखिन्छ| बि.स. २०२८ सालमा नया शिक्षाको थालनीसंगै शिक्षा कर लागुभए पश्चात उक्त नीतिको बिरुद्धमा राजनीतिक अगवाहरुले आवाज उठाएपछि बिद्यालय चित्लांग गा.बि.स.को कुनै वडामा सरेको देखिन्छ| केहि बर्षपछि बि.स. २०३३ सालमा स्थानीयबासी श्री ज्ञानसागर लामा ज्यूको अध्यक्ष्यतामा पुनः विद्यालयको अनुमतिलीइ बिद्यालय संचालनमा आएको र बि.स. २०३५ मा कक्षा १ देखि ५ सम्मको स्वीकृत लिई ३ जना शिक्षकको दरबन्दी कायम गरेको हो| बि.स. २०४२ सालमा शिक्षक दरबन्दी मिलानकोक्रममा २ दरबन्दी थप गरि ५ वटा दरबन्दी कायम गरिएको थियो| ज्ञानसागर लामाको कार्यकाल लगभग १२ बर्षसम्म रहयो| २०४८ सालको बहुदलीय व्यवस्था लागु भए पश्चात १ दरबन्दी कटौती गरि ४ दरबन्दी कायम गरियो| बि.स. २०४५ देखि बि.स. २०५१ सम्मको अबधिमा बि.व्य.समिति गठन भएको थिएन| बि.स. २०५२ सालमा श्री कृष्णजित लामाको अध्यक्ष्यतामा ९ सदस्यको बि.बय.स. गठन गरि पुनः बिद्यालय संचालनमा आएको देखिन्छ| बि.व्य.स. अध्यक्ष्यको नेतृत्वमा अभिभाबकहरुको आवश्यकता र चाहना अनुरुप बि.स.२०६१ सालमा नि.मा.बि.तहको अनुमति लिई बिधयालय संचालन गरियो| उहाको कार्यकाल लगभग ९ बर्ष रह्यो| बि.व्य.स. पुनगठन गर्ने क्रममा बि.स.२०६३ सालमा अभिभाबक तथा पूर्व प्रधान्पंच श्री हर्ष बहादुर लामाको अध्यक्ष्यतामा ९ सदस्यको बि.व्य.स.गठन गरियो| उहाको २ बर्षको कार्यकाल पछी बि.स.२०६५ सालमा अभिभाबक श्री रामकृष्ण लामाको अध्यक्ष्यतामा बि.व्य.स. गठन गरियो| यस क्षेत्रका अभिभाबकहरुको आवश्यकता अनुरुप अभिभाबक र बि.व्य.समितिको छलफल गरि बि.स. २०६९ सालमा मा.बि.तहको अनुमति लिई कक्षा ९ संचालनमा गरियो| उहाको कार्यकाल ५ बर्ष रह्यो| त्यसपछि अभिभाबक श्री रामबहादुर लामाको अध्यक्ष्यतामा बि.व्य.समिति गठन गरियो| उहाको कार्यकाल सकिएपछि बि.स.२०७३ को अभिभाबक भेलाबाट श्री राजन लामाको अध्यक्ष्यतामा बि.व्य.समिति गठन गरियो| बि.स. २०७५ जेठ १५ गते बि.व्य.समिति अध्यक्ष्य राजन लामाले दिनु भएको राजिनामा पछी बि.स.२०७५ अषार १२ को अभिभाबक भेलाबाट रामकृष्ण लामा अध्यक्ष्यतामा ७ सदस्यीय बि.व्य.समिति गठन गरियो| उहाको कार्यकाल सकिएपछी बि.स. २०७६ मकसिर २० गतेको अभिभाबक भेलाबाट ४ सदस्य चयनगरि समाजसेवीक तर्फबाट मनोनित हुनुभएका सदस्य श्री बिनोद कुमार लामालाई अध्यक्ष्यको पदमा सर्बसहमतिबाट छनौट गरि हालसम्म यस बिद्यालयमा बि.व्य.समिति संचालनमा रहेको छ| हाल यस बिद्यालयमा प्रा.बि. तहमा स्थायी दरबन्दी ३ अस्थायी १, राहत २, निजि २, नि.मा.बी तहमा राहत दरबन्दी ३, मा.बि. तहमा स्थनीय तहबाट २, संघिय दरबन्दी २ (१ वटा नियुक्ति गर्नु बाकी) इसिड़ी दरबन्दी २, कार्यालय सहायक १, दिवा खाजा पकाउने १ गरि जम्मा १९ जनाको जनशक्ति बाट बिद्यालय संचालनहुदै आइरहेकोछ|
Lorem, ipsum dolor sit amet consectetur adipisicing elit. Architecto error quam ullam obcaecati corrupti perspiciatis aut neque, corporis pariatur tempora commodi culpa harum id eaque ipsa voluptas itaque atque officiis numquam. Molestiae aliquid, magnam perspiciatis facere itaque harum dolor optio dignissimos repellat tempora doloremque, fugiat laborum. Sit, rerum esse voluptatem modi minus ex enim odit non a aliquam, obcaecati magni voluptatibus molestiae culpa iste sunt dolor, in doloremque expedita. Ut expedita quos porro quae eius dignissimos molestias repudiandae nulla pariatur.
Lorem ipsum dolor sit amet consectetur adipisicing elit. Quis possimus rerum, cupiditate eligendi ut quisquam beatae accusantium sunt assumenda aut laborum labore nostrum atque fugit nulla! Officia, soluta accusamus. Quaerat?
कालीदेवी मा.बि. नजिक रहेको विद्यालयको विवरण
|
|
क्र.स. |
विद्यालयको नाम |
विद्यालयको किसम |
बिद्यार्थी संख्या |
बिद्यालय रहेको ठाउको नाम |
अन्दाजी दुरी कि.मि.मा |
|
|
१. |
श्री मन्जुश्री आ.बि. |
सामुदायिक |
|
घट्टेखोला |
३ कि.मि. |
|
|
२. |
श्री महाचुनी मा.बि. |
सामुदायिक |
|
खडबु |
४ कि.मि. |
|
|
३. |
श्री स्वच्छन्द भैरब मा.बि. |
सामुदायिक |
|
चित्लाङ |
१३ कि.मि. |
|
|
४. |
जनविकास मा.बि. |
सामुदायिक |
|
मातातिर्थ |
१६ कि.मि. |
व्यक्ति , समाज , राष्ट्र सबैले आ–आफ्नो अधिकार र कर्तव्यको पालना गर्ने नियम नै अनुशासन हो । अनुशासनको पालना सबैले गर्नु पर्छ । त्यसकारण यस विद्यालयमा केहिविद्यार्थीहरुमा अनशासनमा कमि देखिएकोले शिक्षण सिकाइमा त्यति प्रभावकारी देखिएन र सिकाइ उपलब्धि बृद्धि गर्न सकिएन । यी कुराहरु सबैमा अवगत भएको हो । २०७६ बैशाखमहिना देखि नै विद्यार्थीहरुमा अनुशासन कायम गरी सिकाई उपलब्धि बृद्धि गर्ने उद्धेश्यले अनुशासन समिति गठन गर्ने निर्णय गरियो । सोहि समितिले तपशिलमा उल्लेख भए अनुसार नियम बनाइ आजैकै मितिबाट लागू भएका छन् ।
कार्य अन’भव
शिक्षक
विद्यार्थी
अवार्ड